रुपन्देही । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले संगठन विस्तार र सदस्यता वितरण अभियान सुरु गरेको छ ।
सांगठनिक रुपमा कमजोर रहेका तराईका क्षेत्रका संगठन बिस्तार गर्ने उदेश्यले अनेरास्ववियु केन्द्रीय संगठन विभागले महाअभियान काठमाण्डौंमा पार्टी महासचिव शंकर पोखरेलले त्रिचन्द्र क्याम्पस र रुपन्देहीमा पार्टी केन्द्रीय सदस्य तथा संगठनका पूर्वअध्यक्ष खिमलाल भट्टराईले शुभारम्भ गरेको हुन्।
तराई मधेस क्षेत्रबाट रुपन्देहीले पहिलोपटक अभियान शुरु गरेको हो । नेकपा एमाले केन्द्रीय सदस्य तथा अनेरास्ववियुका पूर्वअध्यक्ष खिमलाल भट्टराईले अभियानको शुरुवात गरेका हुन् । महाअभियानको सुरु गरिएको जोगडा माध्यमिक विद्यालयमा २ सय १० सदस्यीय संगठन विस्तार गरिएको बताइएको छ ।
FACEBOOK COMMENTS