काठमाडाैं । आलु, प्याज, स्याउ लगायतका कृषिजन्य वस्तुमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाइएको छ।
सोमबार आगामी आर्थिक वर्षको बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले सो कुराको जानकारी गराएका हुन्।
‘सँधै आयात गरेर देश आत्मनिर्भर कहिले बन्ने? आयात धेरै भयो भन्ने गुनासो सबैको छ। त्यसलाई कम गर्न आन्तरिक उत्पादन बढाउनुपर्छ,’ उनले भने, ‘आन्तरिक उत्पादन बढाउन आयातित वस्तुमा कर लगाउनुपर्छ। आन्तरिक उत्पादनलाई बढाउने कर पनि एउटा उपाय हो।’