काठमाडौं । प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक हितराज पाण्डेले आफुहरु भिजिट भिसा प्रकरणमा संसदमा आन्दोलनमै रहेको बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै पाण्डेले विपक्षी दलहरु देशलाई अगाडी बढाउन र संबिधानको कार्यान्वयन गर्न प्रतिबद्ध रहेको भन्दै आज आर्थिक सर्वेक्षण पेश गर्ने र बजेट प्रस्तुत गर्न अवरोध नगर्ने बताएका हुन् ।
बजेट प्रस्तुत गर्नेसम्म आफुहरुले अवरोध नगर्ने र त्यो भन्दा अन्य विषय संसदमा अगाडी बढाउन नदिने बताएका छन् ।
पाण्डेले सरकार अहिले जसरी अगाडी बढिरहेको छ यसलाई रोक्नुपर्नेमा आफुहरु स्पष्ट रहेको बताए ।
FACEBOOK COMMENTS