काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको २० करोडको सीमा खारेज गरेको छ ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिले व्यक्तिगत सेयर धितो कर्जाको १५ करोडको सीमालाई छाडेर संस्थागत तर्फको २० करोडको सीमा खारेज गर्ने घोषणा गरेको थियो । सोही मौद्रिक नीतिको व्यवस्था कार्यान्वयनार्थ शुक्रबार अर्को सर्कुलर जारी गर्दै राष्ट्र बैङ्कले २० करोडको सीमा खारेज गरेको हो ।
यस्तै, सर्कुलरमार्फत बैंक तथा वित्तीय संस्थामार्फत कर्जा प्रवाह भई स्थापना भएको उद्योग–परियोजना तथा व्यवसाय परिस्थितिजन्य कारणले सञ्चालनमा नभएता पनि पूर्व निर्धारित व्यवस्था बमोजिम कर्जाको साँवा ब्याज नियमित रूपमा भुक्तानी भइरहेको त्यस्तो उद्योग परियोजना तथा व्यवसायलाई सहजीकरण गर्ने व्यवस्था केन्द्रीय बैङ्कले गरेको छ ।