ज्योति विकास बैंक लिमिटेडले काठमाडौँ स्थित हमर फिटनेस एण्ड जिममा बैंकका ग्राहकहरूलाई १० प्रतिशत सम्मको विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ ।
यस सम्झौतापश्चात्, ज्योति विकास बैंकका ग्राहकहरूले उक्त फिटनेस एन्ड जिममा १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । आधुनिक मेसिनहरु तथा गुणस्तरीय सेवा र ट्रेनरहरु सहितको जिमले स्वस्थ जीवनशैली र व्यायामलाई महत्त्व दिदै सेवा प्रवाह गर्दै आएको छ ।
हालै बैंकले काठमाडौँस्थित ‘जास्मिन फिटनेस क्लब एन्ड स्पा’ मा २० प्रतिशत सम्मको छुट प्रदान गर्ने सम्झौता गरेको छ ।
यसका साथै, बैंकले चितवनस्थित “Surya Kiran Fiber Industries” मा १० प्रतिशत सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ । साथै, बैंकले “Miraz Bakery” मा १० प्रतिशत सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ ।
ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ ।
ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
FACEBOOK COMMENTS