कांग्रेसमा कुन पदमा उम्मेदवारी दिन कति लाग्छ शुल्क ?
कर्पोरट खबर
9:52 pm, आइतबार, असोज १८, २०८३
- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदको उम्मेदवारी शुल्क ४० हजार रुपैयाँ तोकिएको छ।
- उपसभापति र महामन्त्रीका लागि ३० हजार, सहमहामन्त्रीका लागि २० हजार र केन्द्रीय सदस्यका लागि ११ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ।
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि शुल्क तोकिएको छ ।
निर्वाचन समितिका अनुसार सभापति पदमा उम्मेदवारी दिन ४० हजार रुपैयाँ शुल्क तोकिएको छ ।
यस्तै केन्द्रीय उपसभापति र महामन्त्री पदका लागि ३० हजार, सहमहामन्त्रीका लागि २० हजार र केन्द्रीय सदस्य पदका लागि ११ हजार रुपैयाँ तोकिएको छ ।
