काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिँदा तोकिएका शर्त पूरा नभएको खण्डमा गुनासो दर्ता गर्न आग्रह गरेको छ ।
बैंक तथा वित्तीय संस्थाबाट ऋण लिनु भनेको ऋणी र ऋण दिने संस्थाबीचको सम्झौता हो । यो एक किसिमको करार हो । यसमा दुवै पक्षको सम्झौता अनुसार ब्याजदर, ऋण असुली जस्ता विषयमा नियामकीय दायरामा रही आवश्यक सर्त तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
‘बैंक तथा वित्तीय संस्थाबाट ऋण लिनु भएको छ र ऋणको ब्याजदर वा भुक्तानी विधि वा ऋणसम्बन्धी अन्य कुनै पनि कार्य, ऋण लिँदाका सर्तअनुसार भए गरेको छैन भने ऋण लिएको संस्थाको वेबसाइडमा उपलब्ध गराइएको गुनासो सुन्ने अधिकारी समक्ष गुनासो दर्ता गर्न राष्ट्र बैंकले आग्रह गरेका छ ।
यदि उक्त बैंकबाट गुनासो सुनुवाई नभएको खण्डमा नेपाल राष्ट्रबैकको वित्तीय ग्राहक संरक्षणमा गुनासो दर्ता गर्न सकिने छ ।