दोलखा । नेकपा एमालेका जिल्ला नेता एवम् सफल युवा व्यवसायी ओमकृष्ण आचार्यले नेकपा एमालेको जिल्ला कमिटी सदस्यका लागि उम्मेदवारी दिएका छन् ।
हिजो सोमबारदेखि सुरू भएको दोलखा जिल्ला कमिटीको १०औँ अधिवेशनमा बिगु गाउँपालिका–३ बुलुङ निवासी आचार्यले युवा क्लस्टरतर्फ खुला सदस्य पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
राजनीतिक सङ्गठन र त्यसमा आवद्ध युवा कार्यकर्ताहरूलाई उद्यमसँग जोडेर अघि बढ्ने उद्देश्यका साथ आफूले जिल्ला कमिटीको सदस्य पदमा उम्मेदवारी दिएको आचार्यले बताए । साथै, जिल्लाको समग्र विकासमा समेत योगदान पुर्याउने उद्देश्य उनको छ ।
१२ वर्षखघि नेकपा एमाले दोलखा–काठमाडौँ क्षत्रीय सम्पर्क सम्पर्क मञ्च–२ को सदस्य बनेर राजनीतिक यात्रा सुरू गरेका आचार्यले हाल बिगु गाउँपालिका सम्पर्क मञ्चको नेतृत्व गरिरहेका छन् । साथै उनले यसबीचमा राष्ट्रिय युवा संघ नेपाल र उद्योग व्यवसाय संघको केन्द्रीय सदस्य रहेर पनि काम गरिसकेका छन् ।
यसअघि दोलखा जिल्ला कमिटीको अधिवेशन आयोजक कमिटी सदस्य रहेका आचार्यसँग ६ जना प्रतिस्पर्धी छन् । तीमध्ये उनी सबैभन्दा बलिया उम्मेदवारका रूपमा रहेका छन् ।
FACEBOOK COMMENTS