काठमाडौं । विशाल बजार कम्पनीले वर्षौपछि सेयरधनीलाई लाभांश दिने भएको छ ।
कम्पनीले सेयरधनीलाई १४ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले फागुन २८ गते साधारण सभा बोलाएको छ ।
सभाका लागि कम्पनीले फागुन ९ गते शुक्रबार बुक क्लोज गर्दैछ । फागुन ८ गते बिहीबारसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।
सभा त्रिभुवन आर्मी अफिसर क्लब, सन्धार, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । कम्पनीले आर्थिक वर्ष २०७०–७१ देखि २०७५–७६ सम्मको वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।
सभाले सर्वसाधरण सेयरधनीको तर्फबाट १ जनालाई सञ्चालक चयन गर्नेछ ।
FACEBOOK COMMENTS