काठमाडौं । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा चल्ने सबै प्रकारका सवारीसाधन रातिकाे समयमा आवागमनमा रोक लगाएको छ ।
मंगलबार (वैशाख २२) देखि अर्को सूचना नहुन्जेलसम्मका लागि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म खुर्कोटमा पूर्ण रूपमा रोक लगाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ ।