काठमाडौं । विनाशकारी बाढीका कारण सम्बन्ध विच्छेद भएको नुवाकोटका त्रिशूली पारीका बासिन्दाले पुलको माग गर्दै प्रदर्शन गरेका छन् ।
अब ढिलाइ स्वीकार्य छैन, तल्काल अस्थायी आवतजावतको व्यवस्था गर, पुल निर्माणको काम सुरु गर, जवाफदेही बन’ लगायतका नारा लगाउँदै उनीहरूले प्रदर्शन गरेका हुन् ।
गत १० भदौको बाढीले त्रिशूली नदीका पुललगायतका संरचना बगाउँदा त्रिशूली वारि र पारिको सम्मर्क स्थापित हुन सकेको छैन । केही स्थानमा तुइन बनाइए पनि त्यसले यात्रुको भिडलाई धान्न सक्ने अवस्था छैन ।