बुटवल । अर्घाखाँचीको पाणिनी गाउँपालिकाको दुर्गाफाट कुडुलेमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ ।
प्रहरीले दुर्घटनामा ४ जनाको ज्यान गएको जानकारी दिदै २७ जना घाइते भएको बताएको छ ।
मृत्यु हुनेमा पोखरा महानगर-१९ की ७८ बर्षिय राममाया बस्नेत, ७८ बर्षिय विन्दु कुँवर, पर्वत मोदी गाउँपालिका-५ की ५० बर्षिय कौशिला रेग्मी र मोदी- ५ का ४५ बर्षका चालक रमेश जिसी रहेका छन् ।सन्धिखर्क घुम्ती तानसेन पाल्पा सडकखण्ड अन्तर्गत पाणिनी–८ को कुडुलेफाट नजिक दुर्घटना हुँदा २ जनाको घटनास्थलमै, एक जनाको उपचारका क्रममा अर्घाखाँची अस्पताल र चालकको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।
घाइतेमध्ये चार जनाको अबस्था गम्भीर रहेको र घाइतेहरुको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा र भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ ।
सुपा देउराली दर्शन गरी पर्बत फर्किदै गरेको पर्वतको ध १ ख ५०४ नम्बरको गाडी सडकबाट तल खसेको थियो ।

