काठमाडौ । आज बसेको मन्त्रिपरिषदको बैठकले तीन वटा निर्णय गरेको छ ।
बैठकले चीन सरकारको अनुदान सहायतामा हिल्सा–सिमीकोट सडकखण्ड, कोरला नाका, मुस्ताङमा इनल्याण्ड क्लियरेन्स डिपोट इन्ट्रीग्रेटेड चेक पोष्ट र अरनिको राजमार्गको मेन्टिनेन्स एण्ड स्लोप स्टेबलाइजेशन (चौथो चरण) निर्माणका लागि संभाव्यता अध्ययन गर्न प्राप्त भएका लेटर अफ एक्सचेन्जहरुमा सरकारको तर्फबाट हस्ताक्षर गर्न अर्थमन्त्रालयलाई अख्तियारी प्रदान गर्ने निर्णय भएको छ ।
बैठकले आर्थिक वर्ष २०८१/८२ को लागि मोटा धानको प्रति क्विन्टल ३४१० रुपैयाँ ५१ पैसा र मध्यम धानको प्रति क्विन्टल ३५८० रुपैयाँ ६२ पैसा न्यूनतम समर्थन मूल्य तोक्ने निर्णय गरेको छ ।
बैठकले नेपाल संस्कृत विश्वविद्यालयको नाममा विभिन्न ठाउँमा रहेको तथा विश्वविद्यालयले प्राप्त गर्नुपर्ने जग्गाको सम्बन्धमा अध्ययन, अनुसन्धान तथा छानविन एवं भवन लगायत अन्य अचल सम्पत्तिको खोज तथा लगत संकलन, संरक्षण, उपयोग, व्यवस्थापन र आवश्यक अन्य कार्यको लागि अध्ययन गरी ठोस प्रतिवेदन पेश गर्न उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेलको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ।
FACEBOOK COMMENTS