काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को आह्वानमा बैठक बस्न लागेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको सचिवालयले जनाएको छ ।
यस दिन बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने तय छ । मन्त्रिपरिषद् बैठकबाट विभिन्न निर्णय गरिनेछ ।