काठमाडौं । जिल्ला प्रशासन कार्यालयको स्वीकृतिबेगर अब कोही पनि बालबालिकालाई एउटा जिल्लाबाट अर्को जिल्लामा लैजान नपाइने भएको छ ।
आमाबाबुबाहेक अरु मानिसले बालबालिकालाई एक ठाउँबाट अर्को ठाउँमा लैजान पनि अब जिल्ला प्रशासन कार्यालयबाट स्विकृति लिनुपर्ने छ ।
अध्ययन र पालन पोषणको नाममा बालबालिकालाई स्वदेश तथा विदेशमा यौन शोषण गर्ने गरेका घटनाहरु बढ्दै गएपछि गृह मन्त्रालयले यस्तो निर्णय गरेको हो ।
नेपालबाट विदेशमा बालबालिका लैजान अध्ययनका लागि भए एनओसी चाहिनुपर्ने, एनओसी जारी गर्न नमिल्नेको हकमा स्थानीय प्रशासनको स्वीकृती चाहिने र अन्य प्रयोजनको हकमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र सम्बन्धित देशको सरकारी निकायले प्रदान गरेको स्विकृती वा अनुमती पत्र आवश्यक पर्ने गृह मन्त्रालयले जनाएको छ ।
FACEBOOK COMMENTS