काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हेयान नेतृत्व शुक्रबार मध्यान्ह काठमाडौं आइपुगेकी छन् ।
सुन हेयान नेतृत्वको प्रतिनिधिमण्डल चार दिने नेपाल भ्रमणका लागि छिमेकी बंगलादेश हुँदै नेपाल आइपुगेको हो ।
यो टोली मालदिभ्स भ्रमण सकेर गत मंगलबार बंगलादेश पुगेको थियो । बंगलादेश भ्रमणका क्रममा हेयानले बिहीबार त्यहाँका प्रधानमन्त्री शेख हसिनासँग भेटघाट गरेकी थिइन् ।
बङ्गलादेशमा नयाँ सरकार बनेपछि चिनियाँ पक्षको पहिलो उच्चस्तरीय भ्रमण भएको हो ।
त्यसअघि उनले गत सोमबार माल्दिभ्समा त्यहाँका राष्ट्रपति मोहम्मद म्यैजुसँग भेटघाट गरेकी थिइन् । त्यसक्रममा केही द्विपक्षी सम्झौता पनि भएको छ ।
ढाका भ्रमण सकेर उपमन्त्री हेयान नेतृत्वको टोली शुक्रबार मध्यान्ह नेपाल अवतरण गरेको हो ।
नेपाल भ्रमणमा रहँदा चिनियाँ टोलीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित विभिन्न दलका शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम छ ।
उपमन्त्री सुनले विभिन्न दलका नेताहरूसँग यही आइतबार होटल सोल्टीमा सामूहिक छलफल गर्ने तालिकासमेत रहेको छ ।
FACEBOOK COMMENTS