![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गण्डकी प्रदेशको म्याग्दी जिल्लास्थित बेनी अस्पताललाई आरओ वाटर फिल्टर सहयोग प्रदान गरेको छ ।
बेनी अस्पतालमा आइतबार आयोजित एक कार्यक्रमका बीच अस्पताललाई दुईवटा वाटर फिल्टर हस्तान्तरण गरिएको हो ।
अस्पतालमा सुरक्षित रसुद्ध खानेपानीको अभावका कारण विरामीहरूलाई कठिनाइका साथसाथै स्वास्थ्यकर्मीहरूलाई पनि सेवा प्रवाहमा असहजता भइरहेको बेलामा बैंकले वाटर फिल्टर हस्तान्तरण गरेको जनाएको हो ।
आफ्नो यो कार्यबाट अस्पतालका सेवाग्राहीहरूलाई सुरक्षित पिउने पानीको सुनिश्चितता हुने, पानीबाट हुने संक्रमणहरूमा कमी आउने र समग्रमा त्यस क्षेत्रको स्वास्थ्यमा प्रवर्द्धन हुने विश्वास बैंकले लिएको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि गर्ने योजना रहेको जानकारी दिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरि फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ्ग ईकाइहरूबाट १७ लाख ३८ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । हाल ५५ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यसै आर्थिक वर्ष थप सातवटा शाखाहरू विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्ने पनि विज्ञप्तिमा उल्लेख गरेको छ ।
FACEBOOK COMMENTS