काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई)ले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा विभिन्न क्षेत्रमा सक्रिय महिलाहरूलाई सम्मान गरेको छ ।
परिसंघले महिलालाई अघि बढ्न उत्प्रेरित गर्न सहयोग गर्ने पुरुषहरूलाई पनि सम्मान गरेको बताएको छ ।
काठमाडौंमा आज सोमबार आयोजित कार्यक्रममा परिसंघले आफ्नो क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएका महिलाहरू रेणु शर्मा, कमला उप्रेती, उमा तामाङ, शर्मिला श्रेष्ठ, प्रकृति भट्टराई बस्नेत, प्रतिमा थापा, अलिशा श्रेष्ठ, निलम पाण्डे, अनुपमा खुञ्जेली, उपाशना पौडेल, आँचल कुँवर, सुमिति शाक्य, गीता श्रेष्ठ, सोना खातिक र महिलाबाट नेतृत्व प्रदान भएको गोरखकाली गुल्मलाई सम्मान गरेको हो ।
यसैगरी नेपाल पेपर क्राफ्टलाई पनि परिसंघले सम्मान गरेको छ ।
महिलाहरूलाई प्रोत्साहन गर्ने प्रभुराम भण्डारी, शम्भु धमला, अभयशंकर श्रेष्ठ, डम्बर खनाल, बिक्रम श्रेष्ठ, दिनेशबहादुर श्रेष्ठ, अमिरप्रताप राणा, ललितकुमार लोहिया, डा. रवीन्द्र खुँजेली, द्विराज शर्मा, अरुणध्वज अधिकारी, इयान ओक्ले वाल, निर्वाण चौधरी र प्रनेश शर्मालाई सम्मान गरिएको परिसंघले जनाएको छ ।
FACEBOOK COMMENTS