काठमाडौं । मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति महारथी अशोकराज सिग्देलले चिनियाँ रक्षामन्त्री एडमिरल डोङ जुनसँग शिष्टाचार भेट गरेका छन् ।
प्रधान सेनापति सिग्देलले बुधबार चिनियाँ रक्षामन्त्री डोङ जुनसँग भेट गरेका हुन् । भेटवार्ताका क्रममा आपसी हित एवं सैनिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।
त्यसैगरी प्रधान सेनापति सिग्देलले सोही दिन चीनको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको निरीक्षण भ्रमण गरेका छन् ।
उनले बेइजिङमा आयोजना भएको ‘द १३औँ बेइजिङ सियाङसान फोरम’को उद्घाटन सत्रमा समेत सहभागिता जनाएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।