काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र तपाईं हाम्रो सहकारीका साना बचतकर्ताको रकम फिर्ता गरेको छ ।
लालीगुराँस सहकारीका ३५ बचतकर्ताले रकम फिर्ता पाएका छन् । तपाईं हाम्रो सहकारीका ९० जनाले बचत फिर्ता पाएका समितिले जनाएको छ ।
सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ ।