काठमाडौं । भोजपुरस्थित विद्यालय भवन निर्माणको अन्तिम बिल भुक्तानी गरिदिने क्रममा एक लाख ३५ हजार रुपैयाँ घुस लिएको आरोपमा सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटाका तत्कालीन तीन कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन इन्जिनियर सुमन राई, लेखा अधिकृत इन्द्रबहादुर कार्की र सब–इन्जिनियर रविन श्रेष्ठविरुद्ध आइतबार विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको हो।
आयोगले तीनै जनाविरुद्ध एक लाख ३५ हजार रुपैयाँ बिगो कायम गरी कैद र बिगोबमोजिम जरिवाना माग दाबी गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।