काठमाडौं । भारतको प्रख्यात विद्धुतीय सवारी निर्माता टाटा.इभीले नेपालमा कर्भ .इभीको टप भेरिएन्ट सार्वजनिक गरेको छ।
यस एसयूभी मुल्य रु. ५६.९९ लाख राखिएको छ। नेपालमा यसको सार्वजनिक कार्यक्रम “टाटा इभी: चार्जज्ड फर द फ्युचर” को आयोजनामा सिप्रदी ट्रेडिग प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका अन्तर्राष्ट्रिय बिजनेस हेड यश खंदेलवालले कर्भ .ईभी सार्वजनिक गरे।
आकर्षक डिजाइन र बेजोड कार्यक्षमता
टाटा कर्भ .ईभीले एसयूभीको शक्ति र कुपेको आकर्षक डिजाइनलाई जोड दिन्छ। यसमा ५५ किलोवाटको ब्याट्री र ९८ किलोवाटको मोटर छ, जसको कारण यसले ३८० किलोमिटरको लामो रेञ्ज प्रदान गर्दछ, जसले दीर्घ यात्रालाई पनि सहज बनाउँछ।
उच्चस्तरीय इन्टेरियर र सुरक्षा
कर्भ .इभीको इन्टेरियर अत्याधुनिक क्याबिनले सज्जित छ, जसमा ३१.२४ सेन्टिमिटरको सिनेमाटिक टचस्क्रीन इन्फोटेन्मेन्ट प्रणाली र २६.०३ सेन्टिमिटरको डिजिटल ककपिट जस्ता सुविधाहरू छन्। यस एसयूभीमा एडिएस लेभल २, ६ वटा एयरब्याग, अल-व्हिल डिस्क ब्रेक, आइ-भीबीएस सहितको इएसपी र हिल होल्ड असिस्ट जस्ता सुरक्षा सुविधाहरू उपलब्ध छन्।
सम्पूर्ण चार्जिंग र यात्रा अनुभव
यस एसयूभीमा ७.२ किलोवाट एसी र डीसी फास्ट चार्जिङको सुविधा छ, जसले १०-८० % चार्ज मात्र ४० मिनेटमा पूरा गर्न सकिन्छ। साथै, ५०० लिटरको बुट स्पेस र १८६ एमएमको ग्राउन्ड क्लियरेन्सले नेपाली बाटोमा सहज र आरामदायी यात्रा गर्न सकिन्छ।

सिप्रदी ट्रेडिंगको समर्पण
कार्यक्रममा सिप्रदी ट्रेडिंगका कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले भने, “हामी नेपालमा कर्भ .इभी टप भेरिएन्ट ल्याउन पाउँदा निकै उत्साहित छौं। यो गाडी डिजाइन, प्रिमियम फिल, सुरक्षा फिचर र नेपालका विभिन्न बाटोहरूमा उत्कृष्ट यात्रा अनुभवका लागि उपयुक्त छ। हामी विश्वास गर्छौं कि यो गाडी प्रिमियम एसयूभी चाहने ग्राहकहरूको पहिलो रोजाइ हुनेछ।”

नेपालमा इलेक्ट्रिक मोबिलिटीको भविष्य
टाटा मोटर्सका यश खंदेलवालले नेपालमा कर्भ .इभीको प्रवेशसँगै विशेष प्रकारको अत्याधुनिक एसयूवी कुपे डिजाइनको शुरुआत भएको बताएका छन्। यसले नेपालको समग्र इभी इको सिस्टमलाई सबल र सुदृढ बनाउन सकारात्मक योगदान गर्ने विश्वास व्यक्त गरे।

टाटा कर्भ .इभीले नेपाली अटो बजारमा “प्रिमियम मोबिलिटी” को नयाँ युगको शुरुआत गरेको छ, जसले नेपालको यातायात प्रणालीलाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ।