काठमाडौं । व्यवसायी दीपक भट्ट र व्यापारी सुलभ अग्रवाललाई धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।
धितोपत्र तथा बीमासम्बन्धी कसुरमा धरौटीमा छाड्न आदेश दिएको हो ।
बिहीबार न्यायाधीश शिवप्रसाद आचार्यको एकल इजलासले बीमासम्बन्धी कसुरमा भट्टसँग डेढ करोड धरौटी र अग्रवालसँग दुई करोड धरौटी माग गरेको छ ।
धितोपत्र कसुरमा भट्टसँग एक करोड र अग्रवाललाई डेढ करोड धरौटी माग गरेको छ ।
हिमालयन रिइन्स्योरेन्सको संस्थापक सेयर बिक्रीको मुद्दामा अग्रवालसँग अदालतले २ करोड ३० लाख धरौटी माग गरेको छ ।