काठमाडौं । काठमाडौंको बालाजुस्थित लोलङ हाइटमा डिशहोम फाइबरनेटको सहवितरण शोरूम सञ्चालनमा आएको छ ।
देशभर तीव्र गतिमा इन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाइबरनेटले काठमाडौंका विभिन्न इलाकाहरूमा आफ्नो सेवा विस्तारलाई तीव्र पारेको छ । सोही क्रममा हिजो आइतबार कम्पनीले बालाजुको लोलङ हाइटमा सहवितरण शोरूमको सुभारम्भ गरेको हो ।
डिशहोम फाइबरनेट विक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न उक्त शोरूम सञ्चालनमा ल्याइएको कम्पनीले जानकारी दिएको छ । उक्त शोरूमको सञ्चालन बालाजु इलेक्ट्रिक ट्रेडर्सले गर्ने पनि कम्पनीले जानकारी दिएको छ ।
शोरूम उद्घाटनमा डिशहोमका नेशनल सेल्स म्यानेजर मनोज शर्मा, एरिया सेल्स म्यानेजर उज्ज्वल न्यौपाने तथा सेल्स अफिसर रामसुन्दर सिलाकर र रविन थापाको उपस्थिति थियो ।
विगत लामो समयदेखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डीटीएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएको बालाजु इलेक्ट्रिक ट्रेडर्सले अब डिशहोम फाइबरनेट विक्री र विक्रीपछिको सेवा नयाँ शोरूममार्फत उपलब्ध गराउने छ ।
एक हजार भन्दा धेरै ग्राहकलाई डिशहोम फाइबरनेटको सेवा उपलब्ध गराइसकेको बालाजु इलेक्ट्रिक ट्रेडर्सले अब अझ बढी ग्राहकहरूमाझ पुग्नका लागि पनि यो नयाँ शोरूमले मद्दत गर्ने बालाजु इलेक्ट्रिक ट्रेडर्सका सञ्चालक मानव श्रेष्ठले जानकारी दिए ।
FACEBOOK COMMENTS