काठमाडौं । बुधबार बसेको कार्यसमितिको बैठकले आगामी जेठ ३२ गते इप्पानको साधारणसभा गर्ने निर्णय गरेको हो ।
इप्पानको वार्षिक साधारणसभाले नयाँ कार्यसमिति समेत चयन गर्नेछ ।
इप्पानको बैठकले निर्वाचन प्रक्रियामा भाग लिनको लागि यही जेठ २५ गते भित्र सदस्यता नवीकरण र नयाँ प्राप्त गरिसक्नुपर्ने निर्णय समेत गरेको छ ।
साधारणसभाको तयारीका लागि उपाध्यक्ष मोहनकुमार डाँगी संयोजक रहने गरी सचिव रामप्रसाद आचार्य र सदस्य प्रकाश दुलाल रहेको मूल तयारी समिति गठन गरेको छ ।
संस्थाको हालको स्वरूपमा परिमार्जन गरी संस्थालाई नयाँ ढंगले अगाडि बढाउनेसम्बन्धी अध्ययन गरी सुझाव पेश गर्न सचिव भरतबहादुर खत्री संयोजक रहने गरी सल्लाहकार भानु पोखरेल र प्रकाश दुलाल सदस्य रहेको समिति गठन गरेको छ ।
ऊर्जा उत्पादकहरूलाई जेष्ठ २५ गते भित्र सदस्यता नवीकरण र नयाँ प्राप्त गर्न आह्वान समेत गर्ने निर्णय गरेको छ । यस पटक इप्पानको अध्यक्षका लागि गणेश कार्की र किरण मल्ल विच प्रतिस्प्रधा हुने पक्का भएको छ ।
हाइ हिमालय हाइड्रो कल्सल्ट प्रालिका अध्यक्ष रहेका मल्ल जलविद्युत आयोजनाको निर्माणका क्षेत्रमा अब्बल व्यक्तिको रूपमा स्थापित भएकाले यो निर्वाचनमा उनको पक्ष बलियो देखिन्छ ।
हालका ईप्पान अध्यक्ष कृष्ण प्रसाद आचार्य रहेका छन् । उनको विदेश भ्रमण लामो समय सम्म रहने भएपछी कार्यकाल सकिनु ६ महिना अगाडी नै चुनावी सभा ईप्पानले गर्न लागेको दावि गरेको छ ।
FACEBOOK COMMENTS