१५औँ महाधिवेशन देउवाबाट उद्घाटन गर्न तयार छौँ : गगन थापा
कर्पोरट खबर
3:41 pm, बिहीबार, असोज १, २०८३
- नेपाली कांग्रेस सभापति गगन थापाले १५औँ महाधिवेशनको उद्घाटन पूर्वसभापति शेरबहादुर देउवाबाट गर्न तयार रहेको बताएका छन्।
- सानेपामा जारी केन्द्रीय समिति बैठकमा थापाले पूर्वसभापतिबाट उद्घाटन गर्दा सम्मान हुने बताए।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनको उद्घाटन पूर्वसभापति शेरबहादुर देउवाबाट गर्न तयार रहेको बताएका छन् ।
केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा उनले यस्तो बताएका हुन् । ‘पूर्वसभापतिले आएर महाधिवेशन उद्घाटन गरिदिने कुरामा सम्मान हुन्छ,’ थापाले भने ।