काठमाडौं । नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशले गौतमबुद्ध विमानस्थलको दीगो सञ्चालन, लगानी र सम्भावनाबारे सरोकारवाला निकायसँग बृहत अन्तरक्रिया गरेको छ । भैरहवामा आयोजित कार्यक्रममा चेम्बर लुम्बिनी प्रदेशले मुख्यमन्त्री चेतनारायण आचार्य, प्रदेशका मन्त्री, निजी क्षेत्रका प्रतिनिधिसँग बृहत अन्तरक्रिया आयोजना गरेको हो ।
मुख्यमन्त्री आचार्यले भैरहवा विमानस्थल स्थायी पमा रूसञ्चालनका लागि प्रदेश सरकारले पहल गर्ने बताए । ‘लुम्बीनीमा लगानी : अवसर र चुनौती’ विषयक कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले विमानस्थल सञ्चालनका लागि केन्द्र सरकारस“ग समन्वय गर्ने प्रतिबद्धता जनाए ।
प्रदेश सरकारलाई बलियो बनाउने गरी आन्तरिक समन्वय एवं लगानीको वातावरण सिर्जना गर्ने गरी काम भइरहेको उनको भनाइ छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालन गर्नका लागि सरकार प्रयासरत रहेको उनले बताए ।
नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले निजी क्षेत्रमा लगानीको वातावरण बन्नुपर्ने बताए । लुम्बिनी प्रदेश लगानी र प्राकृतिक स्रोतको दृष्टिकोणले सम्भावनायुक्त प्रदेश रहेको मल्होत्राको भनाइ छ ।
लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष टंकप्रसाद पोख्रेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लािग सरोकारवाला निकायबीच पूर्ण समन्वय र पहलकदमीको आवश्यकतामा जोड दिए । भारतीय पर्यटकलाई चेकजाँचका नाममा अनावश्यक दुःख दिने काम बन्द गर्नुपर्ने उनको भनाइ छ ।
लुम्बिनी प्रदेशमा लगानी भित्र्याएर पर्यटक आर्कषित गर्नुपर्नेमा उनले जोड दिए । भैरहवा विमानस्थल पूर्ण रूपमा सञ्चालन गर्नका लागि सबैको पहल आवश्यक रहेको अध्यक्ष पोख्रेलले बताए ।
FACEBOOK COMMENTS