काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य प्रतितोला एक लाख ७० हजार २०० रूपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा ४०० रूपैयाँले बढेको हो ।
बिहीबार छापावाल सुनको मूल्य तोलामा एक लाख ६९ हजार ८०० रूपैयाँ कायम भएको थियो ।
यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा एक हजार नौ सय ६५ रूपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा १ हजार नौ सय ७० रूपैयाँ कायम भएको हो ।
FACEBOOK COMMENTS