काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मूल्य तोलाको एक सयले घटेर तोलाको २ लाख ९३ हजार ७ मा कारोबार भइरहेको छ ।
यसअघि विहिबार सुन तोलाको २ लाख ९३ हजार ८ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ६५ रुपैयाँले बढेर ५११५ मा कारोबार भइरहेको छ ।
यसअघि विहिबार चाँदी तोलाको ५०५० मा कारोबार भएको थियो ।

