काठमाडौं । गृहमन्त्री सुधन गुरुङ मधेश प्रदेशबाट काठमाडौं फर्किएका छन् ।
मधेस प्रदेशको अवस्था सामान्य भएपछि गृहमन्त्री गुरुङ आइतबार साँझ काठमाडौं फर्किएका हुन् ।
सुनसरीको कप्तानगञ्ज र सिरहा लगायत स्थानमा साम्प्रदायिक विवाद बढेपछि उनी मधेश प्रदेश गएका थिए ।
सरकारसँग विभिन्न सहमतिपछि विवाद कम हुँदै गएको छ । आन्दोलनकारीको आन्दोलन स्थगित भएको छ ।