काठमाडौं । लामो समयको पोखरा बसाइपछि आज काठमाडौं आउन लागेका पूर्वराजा ज्ञानेन्द्र शाहको काठमाडौं आउने साइत बिग्रिएको छ ।
ज्ञानेन्द्रकी बुहारी हिमानी शाहनिकटका ज्योतिष हरिहर अधिकारीले पूर्वराजा ज्ञानेन्द्र शाहको आज काठमाडौं आउने साइत बिग्रिएको बताएका हुन् ।
उनका अनुसार आज चन्द्रमा मिथुन राशिमा छन् । अर्थात् चन्द्रमा पश्चिम दिशामा छन् । यसो हुँदा आज पोखराबाट ज्ञानेन्द्र काठमाडौं आउँदा चन्द्रमा पछाडि पर्छन् । शुभसाइतका लागि जहिले पनि यात्रा गर्दा वा शुभकार्य गर्दा चन्द्रमा अगाडि अथवा दायाँ पर्नुपर्छ ।
यसरी साइत नजुराई काठमाडौँ फर्किन लागेका पूर्व राजालाई ज्योतिष अधिकारीले दही खुवाएर जहाज चढाउन सुझाव दिएका छन् । ज्ञानेन्द्र काठमाडौं आउने भएपछि आज राजावादी दल र विभिन्न समूहले उनको स्वागतका लागि काठमाडौं विमानस्थलमा भव्य तयारी गरेका छन् । उनी दिउँसो तीन बजे काठमाडौं आइपुग्ने बताइएको छ ।
FACEBOOK COMMENTS