काठमाडौं । सेययरबजार परिसूचक नेप्से आज पनि ठूलो अंकको गिरावट आएको छ ।
अघिल्लो दिन १६ अंकले सूचक घटेको बजारमा आज थप २४.६३ अंकले घट्दै २ हजार ६०८.३३ अंकमा झरेको हो ।
तथापि, कारोबार भने आज केही बढेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । २४ अंकमाथिले सूचक घटेको बजारमा आज ३ अर्ब २५ करोड ८७ लाख ५८ हजार रुपैयाँ बराबरको ८७ लाख ३७ हजार कित्ता शेयर दोस्रो बजारमा किनबेच भएको छ ।
अघिल्लो दिन १६ अंकले नेप्से सूचक घटेको बजारमा २ अर्ब ६७ करोड १८ लाख ३२ हजार रुपैयाँ बराबरको ७६ लाख ९९ हजार कित्ता शेयर दोस्रो बजारमा किनबेच भएको थियो ।
आज पनि १३ वटै उपसूचक ऋणात्मक बन्दै बजार राताम्मे भएका छन् । २३५ कम्पनीको शेयर मूल्य घट्दा जम्मा ३५ वटा कम्पनीहरूका मात्र शेयर मूल्य बढेका छन् ।