काठमाडौं । सरकारले सुकुमवासीहरुलाई होल्डिङ सेन्टर खाली गर्ने समय एक साता थप गरेको छ ।
असार १२ गतेभित्र होल्डिङ सेन्टर छाड्न निर्देशन दिएको सरकारले अहिले १९ गतेसम्मका लागि समय थप गरेको छ ।
असार ९ गते अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले असार १२ गतेभित्र होल्डिङ सेन्टर छाड्न निर्देशन दिएको थियो ।
आज जारी सूचनामा, ‘यस समितिको पूर्व सूचनाअनुसार २०८३-०३-१२ भित्रमा होल्डिङ सेन्टरहरुमा बसोबास गर्नेहरुलाई स्व व्यवस्थापन गर्न भनी जानकारी गराइएकोमा घर भाडा प्राप्त गर्ने समय अवधि छोटो भएको भन्ने गुनासो समेतको अवस्थालाई ध्यानमा राखी २०८३-०३-१९ गतेसम्म समयसीमा थप गरिएको व्यहोरा जानकारी गराइन्छ ।’
