काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) मा छलफल जारी रहने सम्भावित कार्यसूची छ । सो प्रस्तावमा सोमबारदेखि छलफल सुरुआत भएको थियो ।
गत वैशाख ३१ गतेको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए ।
छलफल सकिएपछि बुधबारको बैठकमा मन्त्री डा. वाग्लेले जवाफ दिने जनाइएको छ । यसैगरी राष्ट्रियसभाको बैठक पनि आज अपराह्न १३:१५ बजे बस्दैछ ।