काठमाडौं । प्रि ओपन सेसनमा नेप्से परिसूचक ४.२० अंकले घटेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक ४.२० अंकले घटेर २७२६.७० विन्दुमा पुगेको छ।
प्री ओपन सेसनमा ४९ वटा स्क्रिप्सको ५ हजार १९५ कित्ता सेयर २५ लाख २८ हजार ५४६ रुपैयाँमा खरिदबिक्री भए।
कारोबारमा आएकामध्ये १२ वटा स्टक्सको मूल्य बढ्दा ३३ वटाको घट्यो। बाँकी ४ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।