काठमाडौं । केही बेरअघि १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभा बैठक फेरि सुरु भएको छ ।
प्रतिनिधिसभा बैठक फेरि सुरु भएलगत्तै विपक्षी दलहरूले फेरि अवरोध गरेका छन् । अवरोध गरे लगत्तै सभामुख डोलप्रसाद अर्यालले विपक्षीलाई बोल्न समय दिएका थिए ।
विपक्षीका तर्फबाट नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश मल्लले धारणा राखेका छन् । जसमा उनले रास्वपा सांसदले केहीबेरअघि बैठकमा बोलेको कुरालाई नियमापत्ति जनाएका छन् । उनले सांसद खरेलले बोलेको कुरा असंसदीय भन्दै संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् ।
सांसद खरेलले विपक्षी दलले जनाएको विरोधलाई ‘तमासा’ भनेका थिए । त्यसविरुद्ध कांग्रेस सांसद नरेन्द्रकुमार केरुङ आक्रोशित भएका थिए ।
संसद्मा असहज स्थिति देखिएपछि सभामुख अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए ।

प्रतिनिधिसभा बैठक १५ मिनेटलाई स्थगित