एजेन्सी । भारतका सङ्घीय कनिष्ठ मन्त्री तथा अन्तरिक्ष विभागका प्रभारी जितेन्द्र सिंहले बुधबार भारतले सन् २०४० सम्ममा चन्द्रमामा आफ्नो अन्तरिक्ष यात्री पठाउने योजना बनाएको बताएका छन् ।
भारतीय संसदको तल्लो सदनमा एक प्रश्नको जवाफ दिँदै मन्त्रीले उक्त बयान दिए ।
“भारतले आफ्नो अन्तरिक्ष स्टेशन स्थापना गर्ने योजना बनाएको थियो, जसलाई भारतीय अन्तरिक्ष स्टेशन भनेर चिनिनेछ । यदि सबै कुरा योजना अनुसार भयो भने, सन् २०४० सम्ममा एक भारतीय अन्तरिक्ष यात्री चन्द्रमामा पुग्नेछन्,” सिंहले बताए ।
भारतले पहिले सन् २०३५ सम्ममा आफ्नो अन्तरिक्ष स्टेशन हुने घोषणा गरिसकेको छ । मन्त्रीले चन्द्रयान–४ ९चन्द्रमा मिसन० दुई लन्च भेइकलहरू मार्फत प्रक्षेपण गरिने र यसमा पाँचवटा कम्पोनेन्टहरू हुने बताए ।
FACEBOOK COMMENTS