काठमाडौं । बहुप्रतिक्षित एप्पलको आईफोनको १६ सिरिज सार्वजनिक भएको छ ।
अमेरिकाको क्युपर्टिनोस्थित एप्पल पार्कमा रहेको स्टिभ जब्स थिएटरमा यो फोन सार्वजनिक भएको हो । आईफोन-१६ का साथै आईफोन-१६, आईफोन-१६ प्लस,आईफोन-१६ प्रो र आईफोन प्रो म्याक्स लन्च गरिएको हो ।
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का केही क्षमतासहित यसपटक नयाँ सिरिजमा एप्पल इन्टेलिजेन्सको प्रयोग गरिएको छ ।
एप्पल इन्टेलिजेन्स बिटा भर्सनमा केही देशमा उपलब्ध हुनेछ । आईफोन १६ को स्कृन साइज ६.१ इन्चको छ । आईफोन १६ प्लसको स्कृन साइज ६.७ इन्च छ । आईफोन १६ प्रोको स्कृन साइज ६.३ इन्चको छ । प्रो म्याक्सको साइज ६.९ इन्चको छ ।
आईफोन १६ प्रोम्याक्स अहिलेसम्मकै सबैभन्दा ठूलो डिस्प्ले भएको आईफोन हो । क्यामेरा कन्ट्रोल फिचरमा नयाँ एक्सन बटन जडान गरिएको छ । यसमा ए१८ चिपसेट उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
FACEBOOK COMMENTS