काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि आजदेखि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ ।
कम्पनीले ४९ लाख ९८ हजार ७५० कित्ता सेयर निष्कासन गरेको हो । जसमा ४ लाख ९९ हजार ८७५ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, २ लाख ४९ हजार ९३६ कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको छ ।
४२ लाख ४८ हजार ९३८ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो । आईपीओमा फागुन ३० गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा चैत १० गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । आईपीओमा न्यूनतम १० देखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
आवेदन सी–आस्वा बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।
FACEBOOK COMMENTS