काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले सत्तारुढ नेकपा एमालेका सांसदहरुले राष्ट्र्य सभामा संघीय निजामती विधेयकमा हालेको संशोधन आपत्तिजनक भएको टिप्पणी गरेका छन् ।
नेता कोइरालाले गठबन्धन दलबीच भएको सहमति र समितिमा भएको सर्वसम्मती विपरित संशोधन हाल्नु एमालेको दोहोरो चरित्र भएको र देश, जनता, लोकतन्त्र र गठवन्धनलाई दिएको धोका भएको टिप्पणी गरेका छन् ।
साथै कोइरालाले यस विषयमा कांग्रेसले एमालेको आधिकारी धारणा माग गर्नुपर्ने बताए । नेता कोइरालाले कुलिङ पिरियड जसरी पनि रहने बताए । उनले भने, ‘नेकपा एमालेका सांसदहरुले राष्ट्र्यिसभामा संघीय निजामती विधेयकमा हालेको संशोधन आपत्तिजनक छ । गठबन्धनका दलवीच भएको सहमति र समितिमा भएको सर्वसम्मती विपरित यसरी आफ्ना सांसदहरुलाई संशोधन हाल्न लगाउनु एमालेको दोहोरो चरित्र मात्र नभई उसले देश, जनता, लोकतन्त्र र गठवन्धनलाई दिएको धोका हो ।’
नेपाली कांग्रेसले यस सम्बन्धमा एमालेको आधिकारिक धारणा माग गर्ने साथै सबै मिलेर एमालेले हालेको संशोधन पास हुन दिन नहुने बताए । ‘कुलिङ पिरियड रहन्छ, रहन्छ र रहन्छ । कोही दुविधामा नपरे हुन्छ’ उनले भने ।
FACEBOOK COMMENTS