काठमाडौं । राष्ट्रिय सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाइएको विरोधमा प्रतिपक्षी दलहरूले विरोध गरेपछि बैठक स्थगित गरिएको हो ।
बैठक सुरु हुनासाथ सांसदहरू उठेका थिए । त्यसपछि राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले माओवादी केन्द्रका सांसद गोपी सार्की अछामीलाई बोल्ने समय दिए ।
अछामीले सरकारले पूर्वाग्रह राखेर घिसिङलाई पदबाट हटाएको कारण सहित प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरे ।
FACEBOOK COMMENTS