काठमाडौं । कुमारी बैंक लिमिटेडले पाँच नयाँ शाखा विस्तार गरेको छ।
बैंकले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा बागमती प्रदेशस्थित काठमाण्डौं जिल्लाको कपन, सितापाइला र डल्लु तथा ललितपुर जिल्लाको भैसेँपाटी र टौखेल समेत गरी पाँच स्थानमा आजदेखि शाखाहरू सञ्चालनमा ल्याएको हो।
बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ सेवा पुर्याउने उद्देश्यले उक्त शाखाहरू विस्तार गरेको हो। बैंकले आगामी दिनहरूमा थप शाखा विस्तार गरेर आधुनिक बैंकिङ सेवा पुर्याउने योजना बनाएको बताएको छ।
बैंकले देशभर ३०८ शाखा सञ्जाल, ३०९ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखा रहित बैंकिङ इकाईहरूमार्फत् ग्राहकहरूलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।