काठमाडौं । कुमारी बैंकले जुम्लामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
जिल्लाको चन्दननाथ नगरपालिका वडा नं. ६ मा ‘जुम्ला शाखा’ आजदेखि सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।
बैंकले सो क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले शाखा विस्तार गरेको बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । बैंकले आगामी दिनमा थप शाखाहरु विस्तार गरेर आधुनिक बैंकिङ्ग सेवा पुर्याउने योजना बनाएको पनि उल्लेख गरिएको छ ।
बैंकले आफ्ना देशभर रहेका ३०९ वटा शाखा सञ्जाल, ३१५ वटा एटीएम, ४९ वटा एक्सटेन्सन काउन्टर तथा ६४ वटा शाखारहित बैंकिङ्ग ईकाइहरूमार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको जनाएको छ ।