![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । कुमारी बैंकले क्यूआर कोडबाट कारोबार गर्ने आफ्ना क्युआर मर्चेन्टहरूलाई बिना झन्झट कुमारी मोबाइल बैकिङ्ग एपमार्फत नै रू. दुई लाखसम्मको कर्जा उपयोग गर्न सक्ने फोनलोन सुविधा सञ्चालनमा ल्याएको छ ।
यो सुविधाबाट विशेष गरि घरेलु, साना तथा मझौला उद्यमीहरूका वित्तीय कारोबारहरू डिजिटल माध्यममा आकर्षित गर्न तथा उद्यमीहरूका सानातिना वित्तीय आवश्यकताहरू परिपूर्ति हुँदा वित्तीय पहुँच समेतमा विस्तार हुने अपेक्षा बैंकले लिएको छ ।
विगत २२ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ वटा शाखा सञ्जाल, ३१४ वटा एटीएम, ४९ वटा एक्सटेन्सन काउन्टर तथा ५९ शाखारहित बैंकिङ्ग ईकाईहरूमार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
FACEBOOK COMMENTS