काठमाडौं , असोज १३ नबिल बैंक लिमिटेडले २०२१ का लागि एशियाली विकास बैंक–ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्राम ९टीएससीएफपीद्वारा नेपालको लिडिङ पार्टनर बैंकको अवार्ड पाएको छ।
सोही अवार्ड नबिल बैंकले गत वर्ष पनि प्राप्त गर्न सफल भएको थियो।
एशियाली विकास बैंकको टीएससीएफपीद्वारा व्यापार बित्तको बजारलाई उत्थान गर्दै व्यापारलाई हौशला दिने उद्देश्यका साथ बैंकहरुलाई जमानी र ऋण प्रदान गर्दछ। ट्रेड फाइनान्स प्रोग्रामले जमानी र ऋण मार्फत बजारमा रहेका कठिनाईहरु अन्त्य गरेर दिगो विकासका लक्ष्यहरू हासिल गर्न देशहरूलाई सशक्त पार्दछ।
एशियाली विकास बैंक– ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्राम घोषणा अनुसार नबिल बैंकले १ जुलाई २०२० देखि ३० जून २०२१ सम्म नेपालमा टीएससीएफपीसँग सबैभन्दा बढी कारोबार रेकर्ड गरेको थियो।
