काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीले प्रसारणलाइन निर्माणका लागि आइतबार विश्वव्यापी बोलपत्र आह्वान गरेको छ । एमसिए नेपालले तीन सय १५ किलोमिटर लामो चार सय केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि बोलपत्र आह्वान गरेको हो ।
एमसिए नेपालले तीन वटा समूहमा विभाजन गरेर बोलपत्र सार्वजनिक गरेको छ । लप्सीफेदी रातमाटे न्यू हेटौंडा एक सय १७ किलोमिटर लामो प्रसारणलाइन चार सय केभी क्षमताको प्रसारण लाइन निर्माण हुनेछ ।
त्यस्तै, रातमाटे दमौली ९० किलोमिटर लामो चार सय केभी र न्यू दमौली न्यू बुटवल प्रसारण लाइन ९० किलोमिटर लामो र नेपाल भारत अन्तरदेशीय प्रसारण लाइनको खण्डको कूल १८ किलोमिटर लामो प्रसारण लाइनसमेत यसैमा समेटिएको छ ।
आइतबार सार्वजनिक भएको सूचनाअनुसार आगामी चैत १३ गतेसम्म आवेदन दिन पाइने व्यवस्था छ। नेपालको प्रसारण प्रणालीको विकास तथा सडक निर्माणका लागि अमेरिकाले अनुदान सहयोग उपलब्ध गराएको आजको कारोबार दैनिकमा छ ।
FACEBOOK COMMENTS