बजारमा हजार देखि एक लाखभन्दा बढी मूल्यका फोन उपलब्ध छन्।
तर नेपालमा सबैभन्दा बढी २० देखि ३० हजारसम्मका मध्यम मूल्य रेन्जका फोन बढी बिक्छन।
ग्राहकले फोनको खरिदमा कम्पनी वा पसलले दिने अफरबाहेक बजार मूल्यमा न्युनतम ५ प्रतिशतसम्मको छुट पाउँछन्।
हुवावे वाई नाइन
यसको मूल्य २५ हजार ९ सय रुपैयाँ राखिएको छ। खरिदमा पाइने छुटले यसलाई २५ हजारसम्ममा किन्न सकिन्छ।
फोनमा ५.९ इन्चको फुलएचडी आइपीएस एलसीडी डिस्प्ले छ। एन्ड्रोइड ओरियो ८ को अपरेटिङ सिस्टम भएको फोनमा ३ जीबी र्याम तथा ३२ जीबी इन्टरल स्टोरेज क्षमता छ।
फिंगरप्रिन्ट, लाइट, प्रोक्जिीमिटी लगायतका सेन्सर सुविधा भएको फोनमा ४ हजार एमएएच पावर क्षमताको ब्याट्री समावेश गरिएको छ।
फोनमा १३ र २ मेगापिक्सेलका दुई वटा सेल्फी क्यामरा तथा १६ र २ मेगापिक्सेलका दुई पछाडितर्फका क्यामरा छन्।
एमआई ए वन
यसको मूल्य २४ हजार ४९९ रुपैयाँ छ।
फोनमा ५.५ इन्च फुल एचडी डिस्प्ले समावेश गरिएको छ। फोन एन्ड्रोइड् नोगट ७.१ भर्सनको अपरेटिङ सिस्टममा उपलब्ध छ जसलाई एन्ड्रोइड ओरियो ८ मा अपग्रेड गर्न सकिन्छ।
फोन ४ जीबी र्याम तथा ६४ जीबी इन्टरनेस्नल स्टोरेज क्षमतामा उपलब्ध छ। पछाडिपट्टि १२ मेगापिक्सेलका दुई वटा क्यामरा दिइएको यस फोनमा ५ मेगापिक्सेलको सेल्फी क्यामरा छ।
फोनमा ३ हजार ८० एमएएच पावर क्षमताको ब्याट्री समावेश गरिएको छ।
हुवावे वाई सेभेन प्रो
फोनको बजार मूल्य २० हजार ९ सय कायम गरिएको छ।
फोनमा ५.५ इन्च आइपिएस एलसिडी डिस्प्ले छ। एन्ड्रोइड ओरियो ८ भर्सनको अपरेटिङ सिस्टमा उपलब्ध छ। फोनमा स्नापड्रागन ४३० को चिपसेट, ३ जीबी र्याम तथा ३२ जीबीको इन्टरनल स्टोरेज क्षमता छ।
सेल्फीका लागि ८ मेगापिक्सेलको क्यामरा दिइएको यस फोनमा पछाडितर्फ भने १३ र २ मेगापिक्सेल गरी दुई वटा क्यामरा छ।
फेसअनलक, प्रोक्जिमिटी लगायतका सेन्सर दिइएको फोनमा ३ हजार एमएएच पावर क्षमताको ब्याट्री छ।
नोकिया ६
फोनको बजार मूल्य २५ हजार ६०० राखिएको छ यद्यपी छुटसहित यसलाई २५ हजारमा खरिद गर्न सकिन्छ।
फोनमा ५.५ इन्च आइपिएस एलसिडी डिस्प्ले छ। एन्ड्रोइड नोगट ७.१ भर्सनको अपरेटिङ भर्सनमा उपलब्ध यस फोनलाई एन्ड्रोइड ओरियो ८ मा अपडेट गर्न सकिन्छ।
फोनमा स्नापड्रागन ४३० को चिपसेट, ३ जीबी र्याम तथा ३२ जीबीको इन्टरनल स्टोरेज क्षमता छ। फ्रन्ट क्यामरा ८ मेगापिक्सेल छ भने पछाडितर्फ भने १६ मेगापिक्सेलको क्यामरा छ।
फोनमा फास्ट चार्जिङको सुविधासहितको ३ हजार एमएएच पावर क्षमताको ब्याट्री छ।
युमीडिगी क्रिस्टल
फोनको बजार मूल्य २२ हजार ४९९ छ। फोनमा ५.५ इन्चको आइपिएस एलसिडी डिस्प्ले छ भने एन्ड्रोइड नोगट ७.० भर्सनको अपरेटिङ सिस्टम दिइएको छ।
फोनको पछाडितर्फ १३ र ५ मेगापिक्सेलका दुई वटा क्यामरा छन् भने सेल्फीका लागि भने ५ मेगापिक्सेलको क्यामरा जडान गरिएको छ।
४ जीबी र्याम तथा ६४ जीबी इन्टरलन स्टोरेज क्षमताबाहेक फोनमा फिंगरप्रिन्ट, प्रोक्जिमिटी लगायतका सेन्सर समेत दिइएको छ।
फोन ३ हजार एमएएच पावर क्षमताको ब्याट्री समावेश गरिएको छ।
FACEBOOK COMMENTS