काठमाडौं । नेपाली बजारमा प्रवेश गरेको थोरै समयमै नेपालीहरूको मन जित्न सफल एमजी कारले विश्व बजारमा पनि एकपछि अर्काे सफलता हात पार्दै आएको छ ।
यही क्रममा ‘एमजी–४ ईभी’ले हालै २०२४ को उत्कृष्ट कारको उपाधि हात पारेको छ । न्युजिल्याण्डको प्रख्यात सञ्चार कम्पनी स्टफद्वारा आयोजित ‘टप कार्स २०२४’ नामक अवार्ड समारोहमा निर्णायक मण्डलको मन जित्दै एमजी–४ ईभीले शीर्ष उपाधि जित्न सफल भएको छ ।
अवार्ड समारोहको निर्णायक मण्डलका एक सदस्य क्यामरुन अफिसरले भने, ‘एमजीको प्रशंसा गर्ने हामी पहिलो होइनौं । एमजी–४ को यो न्यूजील्याण्डमा मात्रै नवौं पुरस्कार जित हो ।’ गत वर्ष नेपाली बजारमा कदम राखेको पूर्णरूपमा विद्युतीय कार एमजी–४ ईभी सहज यात्रा तथा किफायती मूल्यका लागि प्रसिद्ध छ ।
सन् २०२२ मा बजारमा आएको एमजी–४ ईभीले ‘बेष्ट भ्यालू इलेक्ट्रिक कार २०२३’, ‘कार अफ द यर २०२३’, ‘ बेष्ट भ्यालू इलेक्ट्रिक कार २०२२’, र टप गिएर अवार्ड २०२२ मा ‘बार्गेन अफ द यर’ जस्ता विभिन्न उपाधिहरू हासिल गर्दै आएको छ । सय वर्ष लामो इतिहास बोकेको विश्वव्यापी रूपमा चर्चा कमाउन सफल बेलायती ब्राण्ड एमजीले नेपालमा पनि अत्याधुनिक प्रविधि, किफायती मूल्य, सहज यात्रा र वातावरणमैत्री विशेषताहरूले गर्दा लोकप्रियता कमाउँदै आएको छ ।
३०० भन्दा धेरै दक्ष इन्जिनीयरहरूले युरोपेली इन्जिनीयरिङ्ग प्राविधिक केन्द्रमा परीक्षण गरेर निर्माण गरेका एमजीका सवारी साधनहरू यूरोपेली कानून र ग्राहकहरूको मागको उचित सम्बोधन गर्नमा प्रसिद्ध छ । यसका साथै एमजी सवारी साधनका सम्पूर्ण भित्री तथा बाहिरी डिजाइनहरू बेलायतका प्रख्यात डिजाइनर तथा इन्जिनीयरहरूले गर्छन् ।
एमजीको नेपालका लागि आधिकारिक वितरक एवम् आयातकर्ता पारामाउन्ट मोटर्स प्रालिले हाल नेपालमा एमजी–४ ईभी, एमजी जेडएस ईभी, एमजी कोमेट ईभी गरी तीन वटा मोडेलका विद्युतीय र एमजी हेक्टर, एमजी एचएस, र एमजी एसटर गरी तीन वटा मोडेलका इन्धन गाडीहरू बिक्रीवितरण गर्दै आएको छ ।
FACEBOOK COMMENTS