काठमाडौं । सुरक्षा निकायका पदाधिकारीहरुले विभागीय स्वीकृति लिएर मात्रै राजनैतिक दलका नेतृत्वसँग र कुटनीतिक नियोगहरुमा भेटघाट गर्न गृहमन्त्रालयले निर्देशन दिएको छ ।
गृहमन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै शान्ति सुरक्षा तथा अमनचयन कायम गर्ने प्रमुख जिम्मेवारी भएको सुरक्षा निकायका कतिपय पदाधिकारीहरू कर्तव्य पालनाको सिलसिलामा बाहेक पनि विभिन्न कुटनीतिक नियोग, राजनीतिक नेतृत्वसँग भेटघाट गर्ने गरेको पाइएको भन्दै कुटनीतिक नियोग र राजनीतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट गर्नुपर्ने भए स्पष्ट प्रयोजन साथ बिभागीय स्वीकृति लिएर मात्र गर्न निर्देशन दिएको हो ।
साथै, निर्देशन विपरित कार्य गरे गराएको पाइएमा प्रचलित कानून बमोजिम अनुशासन सम्बन्धी कारवाही हुने गृहमन्त्रालयले जनाएको छ ।
