काठमाडौं । आईएमईमा रेमिट्यान्स पठाएका अभिषेक कालाखेतीले बीवाईडी एट्टो १ ईभी जितेका छन् ।
आईएमईले सञ्चालन गरेको ‘टिग्मोमार्फत आईएमई गरौँ, उपहार जितौँ’ योजना अन्तर्गत साउदी अरबबाट रकम पठाएका कालाखेती मेगा पुरस्कार विजेता बनेका हुन् ।
आईएमईले मंगलबार आयोजना गरेको एक कार्यक्रममा अभिषेककी श्रीमती कल्पना कालाखेतीलाई उक्त विद्युतीय सवारी हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ। पुरस्कार हस्तान्तरण आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा टिग्मोका प्रतिनिधिले संयुक्त रूपमा गरेका थिए ।
यसैगरी, योजनाअन्तर्गत युवराज न्यौपाने र सन्तोष गिरीले याडिया ओविन इलेक्ट्रिक स्कुटर जितेका छन् भने १२ जना सेवाग्राहीले आइफोन १७ प्राप्त गरेका छन् । त्यस्तै, पाँच जनाले १० हजार रुपैयाँ नगद पुरस्कारसमेत जितेका छन्। कम्पनीका अनुसार योजना अवधिमा कुल ७५ जना विजेताले विभिन्न पुरस्कार जितेका छन्।
पुरस्कार हस्तान्तरण कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले कागजी माध्यमबाट सुरु भएको रेमिट्यान्स सेवा अहिले डिजिटल प्रविधिको युगमा प्रवेश गरिसकेको बताए।
आईएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले कम्पनीले सञ्चालन गर्ने प्रवद्र्धनात्मक अभियानहरू केवल बजार प्रवद्र्धनका लागि मात्र नभई सेवाग्राही र उनीहरूको परिवारको हितलाई ध्यानमा राखेर ल्याउने गरिएको बताए । उनले आगामी दिनमा पनि ग्राहक लक्षित विभिन्न योजनाहरू सञ्चालन गर्ने जानकारी दिए ।
आईएमईले पुस २१ गतेदेखि चैत १७ गतेसम्म सञ्चालन गरेको उक्त योजनामा मेगा पुरस्कारअन्तर्गत एक जनालाई बीवाईडी एट्टो १ ईभी, मासिक दुई जनालाई याडिया ओविन इलेक्ट्रिक स्कुटर र साप्ताहिक १२ जनालाई आइफोन १७ प्रदान गरेको थियो। विजेताको छनोट डिजिटल लक्की ड्रमार्फत गरिएको कम्पनीले जनाएको छ ।